पदको लोभ होइन तर, प्रधानमन्त्रीको प्रस्ताव आए पछि हटिन्न : देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई पदको लोभ नभए पनि प्रधानमन्त्रीको प्रस्ताव आए पछि नहट्ने बताएका छन् ।

आज (बुधबार) चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेसलाई सत्ता समीकरण गरेर अगाडि बढ्न प्रस्ताव गरिसकेका छन् । अध्यक्षद्वय प्रचण्ड–नेपालले अहिलेको मुख्य विषय भनेको प्रतिगमनलाई परास्त गर्नु रहेकाले प्रतिगमनका विरुद्ध आन्दोलन गरेका दलहरु मिलेर अगाढि बढ्नु पर्ने बताउँदै आएका छन् ।

 

 
 
  
 

You may also like