लामिछाने र भटराइ जोडी ः जसले टेनिसमा युवापुस्तालाइ उत्प्रेरीत गर्न आफै प्रतीयोगीतामा भिड्छन

दिपक न्यौपाने ।
बुटवल ।बुटवलमा मंगलबार सम्पन्न चौथौ खुल्ला लन टेनिस प्रतीयोगीताको ४५ बर्ष उमेर समुहको मेन्स डबल्समा उपाधी हात पार्दा पोखराका लन टेनिस खेलाडी धरमसिंह लामिझाने र गोपी भटराइमा जति खुसी झझल्किन्थ्यो त्यो भन्दा धेरै खुसी उनीहरुमा लनटेनिसमा युवापुस्ताको आर्कषण र सहभागीताले देखाइरहेको थियो ।

बिगत ४ बर्षदेखी नै बुटवलमा लन टेनिस सघं र क्लबले आयोजना गरेको बिभिन्न प्रतीयोगीतामा निरन्तर सहभागीता जनाउदै उपाधी हात पार्न सफल भएको यो जोडी पोखरामा मात्र होइन बाहिरी जिल्लामा पनी उत्तिकै चर्चित र सफल छ ।

कारण उनीहरु नेपालका बिभिन्न ठाउमा हुने प्रतीयोगीताहरुमा आफै भिड्छन भने नया पुस्तालाइ लन टेनिसप्रती आर्कषीत पनी गरिरहेका हुन्छन ।
बिगत १५ बर्षदेखी कास्कि जिल्लाका टेनिसका संस्थापक अध्यक्ष बिनोद कायस्थको प्रस्याङ टेनिस कोर्टबाट खेल्न शुरु गरेका गोपी भटराइ र गुरुङ भिलेज लेकसाइडबाट १२ बर्षदेखी निरन्तर खेल्न थालेका धरमसिंह लामिझाने जिल्लामा स्थानीयस्तरबाट कसरी खेलाडी उत्पादन गर्न सकिन्छ भनेर पनी लागीरहेका छन ।

 

हामीभन्दा अग्रजहरु धेरै हुनुहुन्छ जसले टेनिसको बिकासका लागी काम गरिरहनुभएको छ , डबल्सको उपाधी उचालेपछी गोपी भटराइले भने – स्पोर्टस्मा लागेपछी सकारात्मक सोचको बिकाससगै खेलकुदप्रतीको भावना अझै उजागर भएको छ । ”
त्यसो त उनी लामो समय फुटबलबाट खारिएर टेनिसतर्फ लागेका हुन । जिल्ला फुटबल सघं कास्किका पुर्व अध्यक्ष समेत रहेका भटराइ हाल पोखरा पर्यटन परिषदको अध्यक्ष समेत हुन ।

बिगत ४ बर्षदेखी टेनिसमा पार्टनरको रुपमा खेलीरहेका पोखराकै धरमसिंह लामिझाने पनी फुटबल ब्याकराउन्डकै हुन । हाल फुटबलमा गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका लामिझाने ४ बर्ष बक्सिङको राष्ट्रिय खेलाडीको अनुभब समेत बटुल्न भ्याए ।

११ बर्ष जापान बसेका ५३ बर्षीय धरमसिंह लामिझाने एउटा यस्ता खेलाडी हुन जसले पोखरामा सबैभन्दा धेरै कप उचाल्ने खेलाडीका रुपमा नाम लेखाउन सफल भएका छन । सधै हसाउने र हासीरहने नरम स्वभाबका उनी र भद्र स्वभाबका भटराइको जोडीले बुटवलमा २ पटक बिधागत उपाधीसगै सिटिजन बैकको ओपन टुनामेन्ट,पोखराको आइटिएफ टुनामेन्ट जस्ता थुप्रै प्रतीयोगीतामा आफुहरुलाइ अब्बल साबित गर्दै सफल खेलाडी जोडीका रुपमा उभ्भाएका छन ।

मेरो परिवार पनी स्पोर्टस्मै रिलेटेट छ , उपाधी जितेको कप चुम्दै सदाबहार लामिझानेले भने – अबको बाकी जिबन पनी खेलकुदमै बिताउने योजना छ । आठौ राष्टियमा २ वटा ब्रन्च मेडल जितेसगै अझै पनी टेनिसमा केहि गर्न सक्छु भन्ने हिम्मत आएको छ । ”

त्यसो त लामिझानेले अस्टेलियामा नेपाली समाजले आयोजना गरेको प्रतीयोगीतामा समेत उपाधी जितेका छन भने उनका जोडी भटराइले पुरै परिवारलाइ नै टेनिसमा भिडाएका छन । उनका छोरा छोरी दुबैले नै जुनियर लेभलमा राष्ट्रियस्तरका प्रतीयोगीतामा उपाधी जितीसकेका छन ।

उपाधी जितेर घर फर्कदै गर्दा जोडीद्धय भटराइ र लामिझानेले एकै स्वरमा भने – रुपन्देहीमा जस्तै अन्य जिल्लामा पनी टेनिसको बिकास हुने हो भने यसले लुकेर रहेका प्रतीभाहरुलाइ अझै बाहिर ल्याउन सक्थ्यो र राज्यसगै सम्बन्धित खेलकुदका संस्थाहरुले खेलकुदको महत्व बुझेर अगाडी बढ्नु अझै प्रभाबकारी हुन्थ्यो की ? ”

 
 
  
 

You may also like