गायिका अन्जु पन्तले गरिन् दोस्रो विवाह

by समतल अनलाइन

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग दोस्रो विवाह गरेकी हुन् ।

अन्जु र थीर दुवैको यो दोस्रो विवाह हो । उनीहरुले चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेका छन् । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेका हुन् ।

अन्जु र थीर लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । उनीहरुको बिहेमा सिमित आफन्तहरु मात्र सहभागी रहेका थिए । यसअघि अन्जुले गायक मनोज राजसँग विवाह गरेकी थिइन् । उनीहरुको एउटा छोरी परितोशिका समेत छिन् । थीर गीतकार पनि हुन् ।

 
 
  
 

You may also like