किन छुट्टीए त कृष्ण र सोभा

by समतल अनलाइन

प्रिया अधिकारी
नेपाली लोक गितको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनी गायक कृष्ण काफ्लेले फेरि पनि नयाँ गित बजारमा ल्याएका छन। सालैजो गितबाट पहिलो पटक सांगीतिक क्षेत्रमा प्रवेश गरेका कृष्ण लामो समय प्रदेशमा रहे प्रदेशमा रहदा आफुले भोग्नु परेको अनेकौं दु:ख कष्ट भोगाइलाई समेटेर त कहिले माया प्रेममा विछोडिएका कुरा त कहले मौलिक झल्काउने खालका लोक संगित बजारमा ल्याएर लाखौं दर्शकको मन मुटुमा बस्न सफल छन।
एउटा चिनो छ र तिज गित जाम कि नजाम भो पछिको अपार सफलता पछि पिर नामक एल्बम बजारमा ल्याएका छन। विभिन्न परिस्थितिका कारण छुट्टीन पुगेका मायालु जोडीको विछोडका पिडालाई टपक्क टिपेर बनाइको यो गितले पक्कै पनि मायालु जोडी जो छुट्टीएर बस्न बाध्य छन उनिहरु अाँखा रसाउने छ।
सालैजो एल्बमबाट सुरुवात भएको सांगीतिक यात्रा पछि स्याङ्जा बजार, काली गङ्गा ताल, देउन आशीर्वाद ,एउटा चिनो छ , जाम कि नजाम भो लगायत दर्जन भन्दा स्वर दिएका छ्न।
कृष्ण काफ्लेको आफ्नै शब्द र स्वर ,महेश पुनको संगित संयोजन रहेको यो गितमा गायिका सोभा त्रिपाठी साथ दिएकी छिन भने गितको निर्देशन स्मृति तिमल्सिना,छायांकन सुरेश श्रेष्ठले गरेका छ्न। त्यसै गरि प्रकाश धमलाको सम्पादन रहेको गितको पोस्ट पोड्क्सन गुरुआमा फिल्मसले गरेको छ।

अरु गित भन्दा फरक शैलीमा प्रस्तुत गरिएको यस भिडियो म्युजिक बैंक नेपाल राधिका युटुव च्यानलमा सर्वत्र उपलब्ध यो गितको भिडियोमा बहुप्रतिभाका धनी गायक कृष्ण काफ्ले र गायिका सोभा त्रिपाठीलाई देख्न सकिन्छ। हेरौं सोही गितको भिडियो साथै सफलताको शुभकामना ।

भिडियो:

 
 
  
 

You may also like