कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशभर प्रदर्शन

by समतल अनलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने भएको छ । आज मंगलबार को केन्द्रीय कार्य समितिको बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको छलफलमा सो सहमति भएको हो ।

कांग्रेसले माघ १९ मा भ्रातृ संगठन, २४ मा शुभेच्छुक संघसंस्था र माघ ३० गते पार्टीले देशभर प्रदर्शन गर्ने भएको हो । देउवा र पौडेलबीच आन्दोलनको कार्यक्रममा सहमति भएपछि अहिले केन्द्रीय कार्य समितिको बैठक जारी छ । सभापति देउवाले प्रधानमन्त्री ओलीले गरेको विघटनप्रति नरम नीति अख्तियार गरेको भन्दै उनको आलोचना हुँदै आएको छ ।

यसअघि कांग्रेसले प्रतिनिधिसभा विघटनालाई असंवैधानिक भनेर निर्णय गरिसकेको छ। तर, देउवा र पौडेलबीच आगामी मुद्दा के हुने भन्ने विषयमा फरक धारणा रहेको छ । पौडेल प्रतिनिधिसभा पुनस्र्थापनाको विषयलाई लिएर कांग्रेसले सडक आन्दोलन गर्नुपर्ने बताउँदै आएका छन् भने देउवा विघटनको विषयमा अदालतमा विचाराधीन रहेको भन्दै आन्दोलन गर्न नहुने पक्षमा रहेका थिए ।

 
 
  
 

You may also like