थप ३०३ जनामा कोरोना पुष्टि, २४ घण्टामा ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३०३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख ७० हजार ९२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६४ हजार ८२३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५८४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ५२ हजार ६८७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा १२२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार २५२ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०१७ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।७४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like