ओलीले जत्रो र्‍याली निकाले पनि पञ्च र्‍याली नै हाे : अध्यक्ष प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटनका विरुद्ध काठमाडौंमा निर्णायक रुपमै आन्दोलन हुने बताएका छन् ।

‘हामीले जनकपुरमा पनि सभा गर्ने कि भनेर छलफल गरेका थियौं’, प्रचण्डले आज (सोमबार) बिहान काठमाडौंमा भएको एक कार्यक्रममा भने, ‘काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा हुन्छ । त्यो बेला २५ हजार आउनु पर्‍यो तपाईहरु । काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयो, त्यो निर्णायक संघर्ष हो । त्यसले छिनोफानो गर्नेछ ।’

प्रधानमन्त्री केपी ओली समूहले पनि सभा गर्ने भनेको उल्लेख गर्दै उनले भने, ‘केपी ओलीले जत्रो सभा गरे पनि पञ्च र्‍याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे ।’

 
 
  
 

You may also like