भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, विहिबार काठमाडौँ आइपुग्ने

by समतल अनलाइन

काठमाडौँ । भारतले नेपाललाई १० लाख डोज कोरोनाविरुदको खोप अनुदान स्वरूप उपलब्ध गराउने भएको छ ।स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले बुधबार भारतीय राजदुत विनय मोहन क्वात्रासँग संयुक्त पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन् ।

भारतले दिने कोरोनाविरुद्धको खोप विहिबार काठमाडौँ आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिएका छन् ।

खोप अभियान चलाउनका लागि प्रशासनिक र आर्थिक जटिलता नरहेकोले तुरुन्तै खोप अभियान चलाउन तयार रहेको मन्त्री त्रिपाठीले जानकारी गराएका छन् ।

भारतले भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी छिमेकीहरू भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गरिने जानकारी गराएको छ ।

मन्त्रालयले नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई आजदेखि खोप उपलब्ध गराउने बताएको छ । त्यस्तै श्रीलंका, अफगानिस्तान र मरिससलाई दिने भ्याक्सिनका लागि अहिले सम्बन्धित देशको नियमन निकायको अनुमति पर्खिरहेको बताएको छ ।

मन्त्रालयले भुटान र माल्दिभ्सका लागि कोरोना खोपको पहिलो लट आजै गइसकेको जानकारी गराएको छ ।

 
 
  
 

You may also like