सैनामैनामा किसान लक्षित पाठशाला

by समतल अनलाइन

सैनामैना । सैनामैनामा कृषकहरुको उत्पादनमा बृद्धि गर्न र कृषिलाई ब्यवस्थीत, उत्पादनमुखी र आयमुलक बनाउने उद्धेश्यले कृषि पाठशाला संचालन हुदै आएको छ ।

पाठशालामा शत्रुजीवको व्यवस्थापन र मित्र जीवको संरक्षण कसरी गर्ने, उत्पादनमा कस्तो परिवर्तन आउँछ, कसरी छुट्याउने, फाईदा र बेफाईदा लगायतका विषयमा कृषकहरूलाई प्रयोगात्मक रूपमै जानकारी गराईन्छ । पछिल्लो समयमा खेतबारीमा रासायनिक मलको प्रयोग अत्याधिक बढिरहेको अवस्थामा त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा पाठशाला संचालन गरिएको हो ।
सैनामैना नगरपालिकामा वार्ड नं १ मा आजबाट पाठशाला सुरु भएको छ । एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला अन्तर्गतको सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैनाको ११ वटै वडामा कृषि पाठशाला संचालन गर्ने योजना अनुसार दोस्रो चरणको पाठशाला सुरु गरिएको ।

गुणस्तरीय बाली उत्पादन (आइपिएम) कृषक पाठशालाको उद्घाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले कृषि पाठशाला कार्यक्रमले कृषकहरूको सिकाईमा टेवा पु¥याएको बताए । उनले पाठशाला प्रभावकारी भएको बताउँदै यस आर्थिक वर्षमा नगरका सबै वडामा सञ्चालन गर्ने गरी बजेट बिनियोजन गरिएको सोही अनुसार पाठशाला संचालन गर्दै आएको बताए । जग्गा एकीकृत गरेर नमूना कृषि फारमहरू बनाउनेतर्फ नगरपालिको योजना रहेको समेत नगर प्रमुख कार्कीको भनाइ थियो । उनले किसानहरूको उत्पादनलाई बिना बिचौलिया कसरी बजारीकरण गर्ने सकिन्छ भन्नेतर्फ नगरले योजना बनाएकोे बताए । उनले भने – ‘वस्तु उत्पादन गरेपश्चात गुणस्तर मापन गरेर बिक्री गर्न सके मात्र कृषको जीवनस्तर उकासिने छ ।
समग्र कृषि क्षेत्रको विकासका लागि वडाबासी सबैले चासो दिनुपर्नेमा सैनामैना वार्ड नं १ का वार्ड अध्यक्ष केयर सिह गलामीले बताए ।
कृषि पाठशालामार्फत कृषकहरूको प्रत्यक्ष सम्पर्कमा रहेर प्रयोगात्मक विधिबाट कृषकहरूको क्षमता अभिवृद्धि गर्न धेरै सहज भएको सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना खनाल सुवेदीले बताइन् । पाठशालाले आम कृषक वर्गको कृषि प्रणालीमै परिवर्तन आउने विश्वास रहेको सुबेदीले बताईन ।
कृषकहरुले नगरपालिकाले कृषकको सिकाई क्षमता अभिवृद्धि हुने गरी कृषि पाठशाला संचालन गरेकोमा कृषकहरू उत्साही भएको बताएका थिए ।
श्री एकता कृषि समुहका अध्यक्ष माया देवी पाण्डेको अध्यक्षतामा सैनामैनाका कृषि शाखाका रबिन्द्र ज्ञवालीले संचालन गरेका थिए ।

 
 
  
 

You may also like