भारत गुजरातमा मजदुरमाथि ट्रक गुड्दा मृत्यु हुनेको संख्या १५ पुग्यो, पाँच जना गम्भिर

by समतल अनलाइन

नयाँदिल्ली। भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका २० मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भई गुडेको थियो ।

यो दर्दनाक घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना गम्भिर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको स्मिमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सुरत पुलिसका अनुसार चालकले नियन्त्रण गुमाउँदा सोमबार राति यो घटना भएको हो । उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् । प्रहरीले घाइतेहरु पाँचै जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

 

 
 
  
 

You may also like