” ए साइली ” कभर भिडियो प्रतियोगिता सम्पन्न

by समतल अनलाइन

बुटवल । हाम्रो संस्कृति, हाम्रो संस्कार जोगाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ दिपक थापा माईथाने मगरको मौलिक कौराहा गित “ए साँइली” कभर भिडियो प्रतियोगिता-२०७७ समापन समारोह तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिलन इन्टरटेनमेन्ट प्रा.लि. र माइथाने इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा भएको कार्यक्रम आइतबार बुटवल ईट्टाभट्टी स्थित एसियन पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

चमेली थापाको अध्यक्षता एवं लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कभर भिडियो प्रतियोगितामा सहभागी भइ प्रथम, द्वितीय, तृतीय र चौथो हुने समूह तथा अभिनय गर्ने प्रतिस्पर्धी कलाकारहरुलाई पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तीले मगर जातिको संस्कार र संस्कृति मगरहरुको मात्र नभई राष्ट्र कै पहिचान भएकोले जोगाउन सबै लागी पर्नुपर्ने र यसमा आफुले पनि आफ्नो ठाउँबाट पहल र प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष दल बहादुर बिरकट्टा मगर, अतिथि गिता सारु, तुल सारुले पनि बिदेशी संस्कृति मौलाइरहेको यो समयमा आफ्नो संस्कार र संस्कृती जोगिए मात्र आफ्नो पहिचान बाँच्ने र भावी पुस्ताहरुमा हस्तान्तरण गर्न आवश्यक रहेको कुरामा जोड दिए ।

नेपाल मगर संघ केन्द्रीय युवा यु के महा-सचिब तथा मोडल दिपक थापा माइथाने मगरले बिदेशमा बसेर पनि नेपाली मौलिक संस्कृतिको संरक्षणका लागि थुप्रै रचनात्मक कार्यहरु गर्दै आइरहनु भएको छ । प्रतियोगितामा रूपन्देही मात्रै नभएर कपिलवस्तु, स्याङ्जा, तनहुँ, पाल्पा, चितवन जिल्लाका समेत प्रतिस्पर्धी कलाकारहरूले भाग लिएका थिए । कार्यक्रमको सन्चालन गायक तथा सन्चारकर्मी दिपु मगरले गरेका थिए ।

 
 
  
 

You may also like