थप ३२२ जनामा कोरोना संक्रमण, ३७४ जना निको, ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय २२ जनामा कोरोना पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३७४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ जना पुगेको छ ।

२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या एक हजार ९६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like