बेलायतमा एकै दिनमा १,२८० को मृत्यु, ५५ हजारभन्दा बढी संक्रमित

by समतल अनलाइन

बेलायत। बेलायतमा पछिल्लो २४ घण्टामा थप १२८० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८७ हजार २९५ पुगेको छ ।

एकै दिनमा मृत्यु भएको यो संख्मया हामारी भएयताकै तेस्रो सबैभन्दा बढी हो । यसैगरी बितेको २४ घण्टामा थप ५५ हजार ७६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३३ लाख १६ हजार पुगेको छ ।

यसैगरी हाल बेलायतका अस्पतालमा उपचारार्थ भर्ना भएका कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । जसमध्ये तीन हजार ६७२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । शुक्रबारसम्ममा ३६ लाख ७८ हजार १८० जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये ३२ लाख ३४ हजार ९४६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४३ हजार २३४ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् । एजेन्सी

 

 
 
  
 

You may also like