आज तोलामा ४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

by समतल अनलाइन

काठमाडौँ।नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्य तोलामा ४ सयले बृद्धि भएको छ ।बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार १ सय रहेको थियो । भने आज सुनको मूल्य बृद्धि भइ प्रतितोला सुन ९२ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार रहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १२ सय ४५ रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ६० कायम भइ कारोबार भइरहेको छ ।

 
 
  
 

You may also like