तराईमा बाक्लो हुस्सु, दिउँसो वर्षाको पूर्वानुमान

by समतल अनलाइन

काठमाडौँ ।दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ ।हाल देशको पहाडी भू(भागमा आंशिक बदलीको अवस्था रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू(भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्रकुहिरोसमेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २ गते शुक्रबार

दिउँसो स् प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति स् प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू(भागहरुमा आंशिक बदली रहने देखिन्छ । गण्डकी प्रदेशका उच्च हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

माघ ३ गते शनिबार

दिउँसो स् प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ । प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती स् प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

माघ ४ गते आइतबार

दिउँसो स् प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

 
 
  
 

You may also like