हाम्रो माटो’ राष्ट्रिय गीत सार्वजनिक

by समतल अनलाइन

बुटवल। रुपन्देहीका स्थानीय कलाकारहरुले ‘हाम्रो माटो’ शिर्षकको राष्ट्रिय गीत बजारमा ल्याएका छन् । देशप्रेम भावना समेटिएको गीत रुपन्देहीका तीन कलाकारहरुले युटुव मार्फत बजारमा ल्याएका हुन् । देवदह स्थायी घर भएका राष्ट्रिय कलाकार तेजु अर्यालकोे शब्द रहेको गीतमा अर्यालसँगै स्थानीय ब्यूटी रसाल र हरि विश्वकर्माले स्वर दिएका छन् ।

नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जीवनीसँग मेल खाने शब्द चयन गरिएको गीतको छायांकल रुपन्देहीका विभिन्न स्थानमा गरिएको छ । श्रीनगर फिल्मस् प्रोडक्शन प्रालिका संचालक मनिष पन्थको छायांकन तथा निर्देशनमा बनेको गीतमा अभिनयपनि गायक आफैले गरेका छन् । करिव ४ मिनेटमा तयार भएको गीतका शब्दमा पृथ्वी नारायण शाहका भनाईलाई समावेश गरिएको छ ।

 
 
  
 

You may also like