थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि , २४ घण्टामा ६ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४०३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख ६६ हजार ५४६ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ४०५ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६० हजार १७७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख २ हजार ४१ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २३१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ४ हजार ४२६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९४३ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like