लायन्स क्लब अफ बुटवल मुक्तिनाथले गर्यो भोजन सेवा

by समतल अनलाइन

बुटवल ।लायन्स क्लब अफ बुटवल मुक्तिनाले बुधवार एक कार्यक्रमका बीच मानाबसेवा आश्रम बुटवल मा भोजन सेवा सहयोग सम्पन्न गरेको छ । सामाजिक कार्यमा क्रियासिल लायन्स क्लब अफ बुटवल मुक्तिनाथले लायन्स अन्तरास्ट्रियका संस्थापक मेल्बिन जोनको १४२औ जन्मजयन्ती सप्ताहव्यापी रुपमा मनाउने क्रममा आश्रममा भोजनसेवा कार्यक्रम सम्पन्न गरिएको हो ।

आइतवार बुटवल—१३,बदेलापोखरी स्थित श्री जितेस्वरी माध्यमिक बिद्यालयमा अध्ययनरत परिवारको आर्थिक अवस्था कमजोर रहेका ४२ जना विद्यार्थी हरुलाई न्यानो कपडा सहयोग गरेको क्लबले दोस्रो दिन सोमबार लायन्स फलोसिप तथा बनभोज कार्यक्रम सम्पन्न गरेको र आज यो कार्यक्रम गरिएको अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी दिनुभएको थियो ।

बुटवल स्थित मानाबसेवा आश्रमका दुवै सेवाकेन्द्र मा रहेका आश्रितहरुलाई साझको खाना खुवाउन आफ्नी सानी आमाको सम्झनामा क्लबका मेम्बरशिप चेयारपर्सन छबिलाल पाण्डे (कृष्ण) ले आवस्यक रकम सौजन्य गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका डिस्ट्रिक कोर्डिनेटर नवराज न्यौपानेले मुक्तिनाथ लायन्स क्लब यो क्षेत्रको उदारणीय क्लब भएको बताउदै मेल्बिन जोन सप्ताह अन्तर्गत एक हप्तामा तीनओटा उत्कृस्ट कार्यक्रम सम्पन्न गरि सो कुराको पुष्टी क्लबले गरेको बताउनुभयो ।आइतवार ४२ जना बिद्यार्थी हरुलाई न्यानो कपडा सहयोग गरेको क्लबले ,सोमबार लायन्स फलोसिप तथा बनभोज र आज मानाबसेवा आश्रमका दुवै सेवाकेन्द्रमा एकैसाथ भोजनासेवा कार्यक्रम गरेको प्रति उहाले क्लबलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै जोन चेयरपर्सन गणेशप्रसाद भट्टराई ले आफु लायन्स क्लब अफ बुटवल मुक्तिनाथ का हरेक कार्यक्रममा उपस्थित भैरहेको भन्दै सामाजिक कार्यमा क्लबको भूमिका यस क्षेत्रको नमुना क्लबको रुपमा देखा परेको बताउनु भएको थियो ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बिनोद पौडेलले क्लबका कार्यक्रमहरुको प्रसंसा गर्दै क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराई र कार्यक्रम सौजन्य तथा संयोजक क्लबका छबिलाल पाण्डे (कृष्ण) लाई धन्यवाद दिनुभएको थियो । क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराई को अध्यक्षता र सचिब गोविन्दप्रसाद बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा ,पुर्व अध्यक्ष रिखिराम भट्टराई,कार्यक्रम संयोजक छबिलाल पाण्डे (कृष्ण) ,प्रथम उपाध्यक्ष कृष्णप्रसाद पाण्डे, लगायतले बोलेका थिए ।

 
 
  
 

You may also like