स्कलर्समा अभिभावक भेला

by समतल अनलाइन

बुटवल । स्कर्लस होम बोर्डिङ स्कुल बुटवलले सोमबार अभिभावक भेला गरेको छ । विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ४ सम्मका अभिभावकसंग अन्तत्र्रिmया गरेको हो ।

भेलाले कोभिड–१९ का सुरक्षाका मापदण्ड अपनाउँदै कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।स्कलर्सले यसअघि अनलाइन कक्षा सञ्चालन गर्दै आएको थियो । कार्यक्रममा बोल्दै प्रिन्सिपल बाबुराम बञ्जाडेले अभिभावक र विद्यालय व्यवस्थापन समितिबिच सकारात्मक सहयोग र समन्वयको आवश्यकता रहेको औंल्याए ।

विद्यालयका प्रिन्सीपल बावुराम बञ्जाडेको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक बासुदेव शर्माले गरेका थिए । उप–प्राचार्य टिकाराम गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण सुन्दर दर्जीले गरेका थिए । भेलामा अभिभावकहरु सविन भारी, मधु महतरालगायतले बोलेका थिए तीन सय बढी अभिभावकहरु को उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like