संसद विघटनको बिरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी

by समतल अनलाइन

बुटवल । प्रचण्ड–नेपाल पक्षीय नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले लुम्बिनी प्रदेश को मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजि गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा बिघटित संसदको पुनस्र्थापनाको माग गर्दै देशब्यापी विरोधका कार्यक्रम गर्दै आएको अनेरास्ववियुले आज लुम्बिनी प्रदेशको मुकाम बुटवल मुख्यमन्त्रीको कार्यलय अगाडि नारबाजी गरेको थियो ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्यहरु अनुप पोखरेल, विक्रम राना, केन्द्रीय निर्वाचन आयोग सदस्य रुपेश पौडेल, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य सरीता श्रीष जिल्ला सहसंयोजक विष्णु खत्री, अनेरास्ववियू जिल्ला कार्यदल सपन पौडेल, कपिल चापागाई, जिल्ला सदस्य काशिराम आचार्य, टिकारा आचार्य, माधव अर्याल, जिवन शर्मा लगाएतको उपस्थिति रहेको थियो ।
रुपन्देहीका विभिन्न क्याम्पसबाट रेलीको रुपमा आएका विद्यार्थिहरु मुख्यमन्त्री कार्यलय आगाडि जम्मा भई नारबाजी गरी कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य अनुप पोखरेलले प्रधानमन्त्रीले संसद विघटन गैरसंबैधिनिक कदम रहेको र तत्काल संसद पुनस्र्थापनागरी संसद सुचारु गर्नुपर्ने बताउदै भारतको जि न्यूज च्यानलले बनाएको नेपालको सगरमाथाको रिपार्ट तथ्थहिन र नेपालको सार्भभैम विरुद्धको समाचार भएको हुँदा त्यस्ता च्यानललाई प्रतिबन्द समेत लगाउनु पर्र्नेे बाताउनु भएको थियो ।

 
 
  
 

You may also like