थप ४०३ जनामा कोरोना पुष्टि, २४ घण्टामा ७ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ४०३ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ६२ हजार २६२ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ५९४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ५५ हजार ८८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४०१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ५२ हजार ९०३ पुगेको छ ।त्यस्तै क्वारेन्टाइनमा ३४२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ५ हजार २८९ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८८५ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like