डब्ल्युएचओद्वारा आपतकालीन प्रयोगका लागि फाइजर बायोटेकको खोप उपयुक्त : डब्ल्युएचओ

by समतल अनलाइन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आपतकालीन प्रयोगका लागि फाइजर बायोटेकको कोभिड–१९ खोप उपयुक्त हुने जनाएको छ ।
डब्ल्युएच ले यो खोप विकाशसिल राष्ट्रहरुका लागि अझ सहज रुपमा उपलब्ध गराउन सकिने समेत जनाएको छ । डब्ल्युएचको यो निर्णय विभिन्न देशले खोप आयायातका लागि आफ्नै संयन्त्र निर्माण गर्न सहज हुने जनाएको छ ।

यस्तै डब्ल्युएचले अन्य राष्ट्रसंघीय निकायहरु युनिसेफ र अन्य निकायहरुले पनि खोप वितरणका लागि अनुमति लिन सक्ने जनाएको छ । यो निर्णयसँगै कोरोनााविरुद्धको खोप विश्वव्यापी रुपमा उपलब्ध गराउन सहज हुने डब्लुएचओका सहायक महानिर्देशक डा. मारियान्गेला सिमाओले बताए ।

उनले जनासंख्याको आधारमा प्राथमिता तय गरेर खोप वितरण गर्नुपर्नेमा जोड दिए । डब्ल्युएचका अनुसार संयुक्त राज्य अमेरिका, क्यानडा, कतार बहराइन र मेक्सिकोलगायतका मुलुकमा यो खोपको व्यवस्थापन भइसकेको छ । एजेन्सी

 
 
  
 

You may also like