बुटवल। मेगा बेकरी एण्ड क्याफेले आफ्नो शाखा बुटवलमा पनि सञ्चालनमा ल्याएको छ । रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ मा सञ्चालनमा रहदै आएको क्याफेले आफ्नो नयाँ शाखा बुटवल–९ कालिकानगर (रेडियो जागरण नजिक) सञ्चालमा ल्याएको हो । युवराज न्यौपाने सहित ५ जना युवाको मेगा क्याफेमा लगानी छ ।
शाखाको शुक्रबार रूपन्देही व्यापार संघका अध्यक्ष यामलाल लोहनी र सञ्चालक युवराज न्यापौनका पिता चुन्नप्रसाद न्यौपानेले उदघाटन गरे । सो अवसरमा बोल्दै लोहनीले रुपन्देहीमा पर्यटकीय होटल, रेष्टुरेन्ट र क्याफे क्षेत्रमा लगानी बढदै गएको बताए ।
उनले क्याफे सञ्चालक युवालाई सफलताको शुभकामना व्यक्त गरे । यो टिमको सैनामैना ५ मा बेकरी उद्योग पनि सञ्चालनमा ल्याएको छ । बेकरी उद्योग र दुई वटा क्याफेमा गरी २ करोड लगानी गरिएको सञ्चालक न्यौपानेले बताए । मासिक १ लाख रुपैयाँभन्दा बढी तलब खाने जागिर छाडेर व्यवसाय सञ्चालन गरिएको न्यौपानेले बताए । छिट्टै क्याफेको शाखा तिलोत्तमा र भैरहवामा पनि सञ्चालनमा ल्याइने बताए । क्याफेले बेर्थ डे केक बनाएर होम डेलिभरी गर्छ । क्याफेमा कफी, पिज्जा, बर्गर लगातका विभिन्न परिकारहरु उपलब्ध छन् ।
मेगा बेकरी एण्ड क्याफेको शाखा कालिकानगरमा
83
previous post