मलशियामा सय भन्दा बढी मजदुरको बिचल्ली ।

by समतल अनलाइन

क्वालालाम्पुर । मलेसियाको मलेसिया हार्भेष्ट कम्पनीमा काम गर्न भनेर नेपालबाट लगिएका सयभन्दा बढी श्रमिकहरु आठ महिनादेखि अलपत्र पारिएका छन्। नेपाली मजदुर एकता समाजको ग्लोबल छलफलमा उनीहरुको समस्या तत्काल समाधान हुनुपर्ने धारणा राखिएको थियो।

नेपाली कामदारहरु सुरक्षा गार्डका रुपमा मलेसिया ल्याउने र काम लगाई चरम श्रम शोषण हुने गरेको मलेसियामा सुरक्षा गार्डमा कार्यरत श्रमिकहरुले बताएका छन्।

मुख्य गरी एपेक्स वल्र्ड सेक्युरिटी, भालिएन्ट फोर्स सेक्युरिटी र मलेसिया हार्भेष्ट कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुको चर्को श्रम शोषण हुने गरेको मजदुर प्रतिनिधिहरुले बताए।

समाजको शनिबार भएको भर्चुअल छलफलमा मलेसियामा कार्यरत मजदुर प्रतिनिधिहरुले सो कुरा राखेका थिए। उनीहरुले महिना एक दिन पनि बिदा नहुने, होलिडे, पब्लिक होलेडेको पैसा पनि नपाउने, उपचार खर्च बापतको खर्चसमेत उपलब्ध नगराउने गरेको बताए।

बिरामी हुँदा समयमा उपचार नगराउने, स्वदेश नपठाउने, अनावश्यक डर धम्कीसहित कुटपिटसमेत गर्ने गरेको रिपोर्टिङ मजदुर प्रतिनिधिहरुले गरेका थिए।

 
 
  
 

You may also like