आफ्नै प्रतीस्पर्धी रास्कोटीसग भुमिश्वर ढकालको त्यो अकंमाल

by समतल अनलाइन

दिपक न्यौपाने 
सैनामैना ।३ बर्ष अगाडी प्रदेश सांसद बन्न कस्सिएका राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गा रास्कोटी , रुपन्देही जिल्लाको कन्चन ,गौडहवा तथा दक्षीणी क्षेत्रका एक परिचीत नाम हो ।
त्यस क्षेत्रका बरिष्ठ समाजसेबी स्व ः प्रेमराज रास्कोटीका छोरा दुर्गा सानैदेखी राजनिती र सामाजीक काममा खटिरहने स्वभाबका थिए ।
लामो समय राष्ट्रिय जनमुक्ति पार्टीमा राजनिती गरेका उनी लुम्बिनी प्रदेश सांसदका प्रत्यासी हुन ।
जनमुक्ति पार्टीको तुलनात्मक रुपमा बढी बाहुल्यता रहेको त्यस क्षेत्रमा रुपन्देही क्षेत्र नम्बर ५ क बाट चुनाब भिडेका उनले २२०० सय मात्र मत ल्याएका थिए । यदपी नेपाली काग्रेसका प्रतिस्पर्धी बिष्णु प्रोख्रेरलाइ पछी पार्दै नेकपाका नेता भुमिश्वर ढकाल बिजयी हुदै संसदमा प्रतीनिधित्व गरिरहेका छन ।
सगै चुनाब लडेका जनमुक्तिका युवा नेता रास्कोटी र लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकालबिच लामो समयपछी देखीएको बिहिबारको दृश्य भने बडो गजबको थियो ।
कन्चन गाउपालीकाको अस्नैयामा ३०० भन्दा बढी जनमुक्ति र नेपाली काग्रेस लगायतका बिभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने कार्यक्रममा रास्कोटी सहित सयौ कार्यकर्तामा छुट्टै उत्साहा देखिन्थ्यो । सानो दल भएपनी म निर्वाचित भैसकेपछी उत्तिकै सबैलाइ सम्मान गर्थे , यहाका बिकास निर्माणका काममा मैले कहिल्यै भेदभाब गरिन , कन्चन गाउपालीकाले राखेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता ढकालले भने – दुर्गा रास्कोटी जस्ता होनहार सयौ युवा नेताहरु नेकपामा प्रवेश गर्नु खुसीको कुरा हो । ”
नवप्रवेशीहरुलाइ पार्टीले उचित स्थान दिने बताउदै ढकालले कन्चन र गैडहवा क्षेत्रको खेलकुद , शिक्षा लगायत बिभिन्न पुर्वाधार बिकासमा आफु सदैब कटिबद्ध भएर लाग्ने बताए ।
उनले भुमिहिन सुकुम्बासी र अब्यबस्थितहरुलाइ सरकारले अर्को बर्षभित्र लालपुर्जा दिने बताउदै पार्टी केन्द्रमा केहि बिबाद देखिएजस्तो भएपनी त्यो समाधान हुने बताए । राष्ट्रिय युवा मोर्चाको रुपन्देही जिल्ला उपाध्यक्ष समेत रहेका रास्कोटीले भने पार्टीको काम गर्ने शैलीप्रती असन्तुष्ट रहेका कारण नेकपामा प्रवेश गरेको खुलाए । नेकपाका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका उधोग बन तथा बाताबरण मन्त्रि समेत रहेका लिाला गिरीको हातबाट टिका लगाउदै पार्टी प्रवेश गरेर मुसुक्क हास्दै भुमिश्वर ढकालसग अकंमाल गर्दा उपस्थित सबैले तालीले साथ दिएका थिए । उनीसगै रामु आर्चाय, जगत राना,तार्जन रास्कोटी लगायत ३०० भन्दा बढी नेकपामा प्रवेश गरेको कार्यक्रममा कन्चन र गैडहवाका पार्टीका नेताहरुको पनी उपस्थिती रहेको थियो ।

“पार्टीको नेतृत्वमा रोइलो ः रुपन्देहीमा भने पार्टी प्रवेशको ओइरो ”

यतीबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेतृत्व तहमा बिबादका बाछीटाहरु देखिएका छन यदपी रुपन्देहीमा भने नेकपा प्रबेश गर्नेको लहर आएको छ ।
चुनाब आउन २ बर्ष बाकी रहेपनी कोरोना कहर कै बिच रुपन्देहीका बिभिन्न स्थानीय तहमा राजनितिको गर्मि माइनस डिग्रीबाट माथी उठ्न थालेको संकेत देखिएको छ । बुधबार मात्रै लुम्बिनी सास्कृतीक नगरपालीकामा आयोजना भएको एक कार्यक्रमका बिच राष्ट्रिय सभामा नेकपाका मुख्य सचेतक खिमलाल भटराइले बिभिन्न पार्टी परित्याग गरी २६ जना भन्दा पार्टी प्रवेश गराएका छन । अन्याय भस्टाचारबिरुद्ध युवा समाजसेबीहरु नामक कार्यक्रममा नेपाली काग्रेस सहित अन्य पार्टी छोडी नेकपामा प्रवेश गरेका हुन ।
नेताहरुको झगडा कहिले काहि हुन्छ तर पार्टी जस्तोसुकै अबस्थामा पनी एक ढिक्का हुन्छ , नेता भटराइले भने – बाहिर जतीसुकै आलोचना भएपनी समग्र रुपन्देहीको बिकासको लागी नेकपा ले खेलेको भुमिकाका कारण कोरोना कहरका बिचमा पनी पार्टी प्रवेशको लहर आएको छ । ”
उनले कार्यकर्ताहरुलाइ राम्रो कामको प्रचार गर्न र नराम्रो कामको खबरदारी गरे पार्टीले थप उचाइ लिने बिश्वास ब्यक्त गरेका थिए ।
यस्तै बिहिबार पनी अस्नैयामा नेकपा केन्द्रिय सदस्य लिला गिरि ,प्रदेश संगठन बिभाग प्रमुख भुमिश्वर ढकाल लगायतका नेताले ३०० भन्दा बढी बिभिन्न पार्टीका कार्यकर्ताहरुलाइ नेकपामा प्रवेश गराएका थिए ।
यस्तै केहि समयमै ठुलो सङख्यामा दक्षीणी क्षेत्रका स्थानीय तहका बिभिन्न पार्टीका कार्यकर्ताहरुलाइ पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको नेकपाका नेताहरुले बताएका छन ।

 
 
  
 

You may also like