काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४७४ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको हो ।
हालसम्म देशभर रहेका ३६ हजार ४५२ सक्रिय संक्रमितमध्ये ४७४ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार हाल ३ सय ८७ जना आईसीयूमा र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
बागमती प्रदेशमा सबैभन्दा धेरै १ सय ६८ जना आईसीयूमा छन् भने ६१ जना भेन्टिलेटरमा उपचाररत छन्।
यस्तै प्रदेश १ मा ४९ जना आईसीयूर १२ जना भेन्टिलेटरमा, प्रदेश २ मा १४ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकीमा ६९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
यसैगरी लुम्बिनी प्रदेशमा ७१ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसियुमा छन्।
कर्णाली र सूदुरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।