गुल्मी ।धुर्कोट गाउँपालिकाको ७५ प्रतिशत र हेफर प्रोजेक्ट नेपालको २५ प्रतिशत लागतमा सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक बिकासका लागी बाख्रा उद्यम परियोजनाले धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडे बर्दवास मखमली महिला उद्यम समुहका २१ जना सदस्यलाई २३ वटा बिउ बाख्रा उपहार धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल द्वारा सम्पन्न भयो।
बाख्रा उपाहार कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल ले हरेक कार्यक्रममा पुरूष हरूको मात्र सकृयता रहेको र महिलालाई घरको चुलो चौकोमा मात्र सिमीत भएर बसिरहने अबस्थामा गाउँपालिका ले नयाँगाउ, पिपलधारा, हाडहाडे र वाग्लामा बाख्रा उद्यम परीयोजना मार्फत काम अगाडी बढाएको जसबाट चुलो चौकोमा सिमीत रहेका दिदिबहिनीलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने गरी हेफर संगको सहकार्यमा गाउँपालीकाले ४ करोड भन्दा बढीको कार्यक्रम २ हजार परिवारमा पुराउन लागेको जानकारी दिनुभयो। थप बोल्नुहुदै अध्यक्ष पोख्रेलले यदि दिदिबहिनीले बाख्रा पालेर आम्दानी बढाउनेहो भने कसैको हात थाप्न नपर्ने र सबैले सकरात्मक तरीकाले हेर्ने र समाजमा थप जिम्बेवारी लिन सक्ने बारे बताउनु भयो। समुहका दिदि बहिनीहरू संग गाउँपालीकाले आत्मीयता बढाउनकोलागी बाख्रा उपहारको माध्याम बाट हरेक दिदिबहिनीको घर दैलोमा गाउँपालिका आएको जानकारी गराउनु भयो।
उहाँले दिदि बहिनीलाई उत्साहित बन्न अनुरोध गर्दै तपाईहरू जुन समुहमा सबैभन्दा राम्रो काम हुन्छ।यो समुहलाई गाउँपालिकाले पुरस्कृत गर्ने समेत जानकारी गराउनु भयो। तपाईले बाख्रा उपहार लिएरमात्र हुदैन उपहार लिएको बाख्रालाई घाँस आहारा र बसाई र औषधिको ब्यावस्थापन गर्नेहो भने बाख्राले धेरै भन्दा धेरै आम्दानी दिने भएको हुदा सबैलाई ब्यावस्थित तरीकाले पाल्नुपर्ने मा जोड दिनुभयो।
बाख्रा उपहार कार्यक्रममा बाख्रा उपहार लिदै मखमली महिला उद्यम समुहकी सदस्य राधा देवि पन्थीले हामीलाई यो कार्यक्रम आएपछी धेरै कुराको सिकाई भएको छ जुन कार्यक्रम केही बर्ष अगाडी नै हाम्रो गाउँमा आएको भए हामीलाई कसैको हात थाप्न नपर्ने हुन सक्थ्यो । तर पनि हामीले बाख्रा उपहार जसरी लिएका छौ त्यसैगरी बैनी समुहलाई हामीले उपहार गर्नु पर्ने भएकोले बाख्रालाई ब्यवस्थित तरीकाले पाल्नेछौ । र उपहार पनि गर्नेछौ। भन्दै खुशी ब्याक्त गर्नु भयो।
बाख्रा उपहार कार्यक्रममा हाडहाडे सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष विष्णु कुमारी काउछाको अध्यक्षता धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पाख्रेलको प्रमुख आतिथ्यता धुर्कोट गाउँपालिका वडा नं ३ हाडहाडेका वडा अध्यक्ष विष्णु श्रीस, वडा सदस्य काशिराम पन्थी, उपभोक्ता समिती सचिव हरीकला श्रीस,समाजसेवी यम बहादुर कुँवर र कार्यक्रमका प्राविधिक संयोजक नारायण जि सी को आतिथ्यता रहेको कार्यक्रममा मखमली महिला उद्यम समुहकी सह सचिव लक्ष्मी भुषाल पन्थीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संचालन सामुदायिक सहजकर्ता लक्ष्मण सुनारले गर्नुभएको थियो।