भारतमा थप ४९ हजार जनामा संक्रमण

by समतल अनलाइन

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८० लाख ८८ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४९ हजार २८१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ९५ हजार १७ जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार १३१ पुगेको छ ।

 
 
  
 

You may also like