भारतमा ८० लाखभन्दा बढीमा कोरोना संक्रमण

by समतल अनलाइन

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४९ हजार ९१२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ३८ हजार ७६५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख १४ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ३ हजार २५१ जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५०९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २० हजार ५६३ पुगेको छ ।

 
 
  
 

You may also like