भारतमा थप ३६ हजारमा संक्रमण

by समतल अनलाइन

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३६ हजार ८३८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ९८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् । ६ लाख २७ हजार ६३८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ५०५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १९ हजार ५३५ पुगेको छ ।

 
 
  
 

You may also like