कोरोनाबाट थप १५ जनाको मृत्यु, कुल मृतकको संख्या ८६२ पुग्यो

by समतल अनलाइन

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज नेपालमा थप १७ सय ४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल १७ सय ४१ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ५९ हजार ८३० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४३ हजार २९३ रहेको छ ।

 
 
  
 

You may also like