भारतमा ७९ लाखभन्दा बढीमा कोरोना, १ लाख १९ हजारको मृत्यु

by समतल अनलाइन

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४५ हजार १५७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ९ हजार ४९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ३३ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ५६ हजार २६ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ४६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १९ हजार ३० पुगेको छ ।

 
 
  
 

You may also like