70
विराटनगर।विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका-९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या देखिएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो ।
त्यस्तै निमोनियाबाट पीडित भएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना भएका पुरुषमा पनि सोही दिन कोरोना पुष्टि भएको थियो ।
दुबै जनाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।