नेपालको अर्थतन्त्र क्रमश सुदृढ बन्दै , गभर्नर डा.नेपाल

३० श्रावण ,बुटवल । नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरञ्जिवि नेपालले नेपालको अर्थतन्त्रमा सुधार आएको बताउनुभएको छ । बुधवार बुटवलमा ग्रामिण विकास लद्युवित्त बित्तीय संस्था लिमिटेडको चौथो वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै पछिल्लो दुईवर्ष देखि नेपालको अर्थतन्त्र क्रमश सुधार भई गति लिई सकेको र अव कसैले रोकेर देशको आर्थिक बृद्धिदर नघट्ने समेत बताउनुभयो ।

साथै उहाले ग्रमीण क्षेत्रमा रहेका गरिवहरुको जिवन स्तर उकास्न  र वित्तिय साक्षारता ल्याउन लद्युवित्त संस्थाको महत्वपूर्ण जिम्मेवारी र भुमीका रहने भएकोले सहयोगि बन्न बैक तथा बित्तिय संस्थाहरुलाई आग्रह समेत गर्नुभयो ।

लघुवित्त वित्तिय संस्थालाई विकट र गरिबी भएको स्थानमा जान प्रोत्साहनका लागि राष्ट्र बैंकले प्रोत्साहन स्वरुप ४० लाख रुपैयाँ अनुदान दिने गरेको जानकारी समेत गराउनुभयो
कार्यक्रममा प्रदेश नंं ५ योजना आयोगका उपाध्यक्ष डा। प्रकाशकुमार श्रेष्ठले प्रदेश सरकारले भदौ भित्रै प्रदेशको समग्र क्षेत्रलाई समेटेर प्रोफाइल बनाउन लागेको र त्यसमा वित्तिय अवस्था समेत आउने जानकारी गराउदै प्रदेशका सबै जनतालाई बित्तिय पहुचमा पुर्याउन बिशेष योजना बनाउने बताउनु भयो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोक कुमार पौडेल, राष्टिय बाणिज्य बैकका खस्यौली शाखा प्रमुख शंकर पहारी,बित्तिय सस्थाका बिभिन्न कर्मचारी संगठन अध्यक्षहरु रमेश जिसी, नवराज ढकाल र दीपेन्द्र लुईटेल लगायतले बोल्नु भएको थियो ।सोही अवसरमा सस्थाका बिभिनन शाखामा उत्कृष्ठ काम गर्ने कर्मचारीहरुलाई नगद सहित पुरस्कृत गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *