बर्थिङ्ग सेन्टरमा नबशिशुको जन्म

by समतल अनलाइन

तारा कडेल
गुल्मी ।गुल्मिदरबार गाउपालिकाको वडा न १ स्थित बलिथुम स्वास्थ्य चौकिमा बर्थिङ्ग सेन्टर सुरु भएको बार्हौ दिनमा शनिबार  एक नबशिशुको जन्म भएको छ | शनिबार  बिहान करिब ११.३० बजे प्रसुति व्यथा लागि बर्थिङ्ग सेन्टर ल्याइएकि बर्ष २९ कि लिला राकस नाम गरेकि गर्भवति महिला दिउसो ठिक ३ बजेर ५ मिनेट जादा सुत्केरी भै ३ किलो ३०० ग्रामको नबशिशुको जन्म भएको साथै सुत्केरी र नवशिशु दुबैको स्वास्थ्य सामान्य रहेको सोहि बर्थिङ्ग सेन्टरकी अ.न.मि. मिना गाहा माझकोटिले बताउनुभएको हो |

भौगोलिक रुपमा अलि विकट र पक्की सडकको पहुँचभन्दा टाढा रहेको र वर्षाको कारण कच्ची बाटो पनि बिग्रेको अवस्थामा आफ्नै गाउँमा सुत्केरी सेवा उपलब्ध हुदा सुत्केरी महिला र परिवारका सदस्यहरुले खुसी व्यक्त गरेका छन | २४ घण्टे बर्थिङ्ग सेन्टरमा प्रसुतिका लागि सबै भौतिक व्यवस्था र जनशक्ति मिलाइएकोले आज शनिबार का दिन पनि तुरुन्तै सेबा प्रबाह गर्न सकिएको बलिथुम स्वास्थ्य चौकिका प्रमुख दिल बहादुर थापाले बताउनु भयो | आज सुत्केरी भएकी महिलालाइ गुल्मीदरबार गाउँपालिकाका वडा सदस्य श्री सुर्य बहादुर कुवरले बर्थिङ्ग सेन्टरमा पहिलो पटक सुत्केरी हुनुभएकोमा हार्दिक बधाइ सहित आमा र बच्चाको पोषण को लागी नगद रु २,०००|- प्रदान गर्नुभएको थियो |

गुल्मीदरबार गाउँपालिकाले शुरु गरेको कस्तो छ आमा? कार्यक्रमलाइ प्रभाबकारी बनाउन वडाहरुमा बर्थिङ्ग सेन्टर बिस्तार गरिएको ले अब गुल्मीदरबार का महिलाहरु सामान्य प्रसुति को लागि टाढा जानु नपर्ने र घरमा सुत्केरी हुने अबस्था लाइ पनि न्युनिकरण गरिने औल्याउदै गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले बलिथुम स्वास्थ्य चौकि का स्वास्थ्यकर्मिहरुलाइ बधाइ तथा धन्यबाद दिनुभएको थियो |

 
 
  
 

You may also like