गुल्मिदरबार गाउपालिकामा अपांगहरुको ब्यबस्थापन तथा प्रोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

by समतल अनलाइन

तारा कडेल
गुल्मी। अपाङ्ग बाल अस्पताल सक्षम परियोजना गुल्मीको आयोजना र गुल्मिदरबार गाउपालिका को संयोजनमा अपाङ्गहरुको ब्यबस्थापन तथा प्रेषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ।

अपाङ्ग समन्वय समिति गुल्मिदरबार गाउपालिका संयोजक एबम गाउपालिका उपाध्यक्ष मिना भन्डारिको अध्यक्षता, गाउपालिका अध्यक्ष अशोक कुमार थापाको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको विशिष्ट आतिथ्यतामा सन्चालित कार्यक्रम को सहजिकरण सक्षम परियोजना गुल्मिका प्रमुख सालिकराम तिमिल्सिना ले गर्नुभएको थियो ।

अपाङ्ग समन्वय समितिका पदाधिकारिहरु, स्वास्थ्य सस्थाका प्रमुखहरु एवं गाउपालिकाका कर्मचारिहरुको सहभागितामा सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख अतिथि अशोक कुमार थापाले अपाङ्ग हरुको ब्यबस्थापन मा गुल्मिदरबार गाउपालिकाले उचित ध्यान पुर्याउदै आएको र आगामि दिनमा पालिका भित्रका अपाङ्गहरुको अभिलेखिकरण गरि आवश्यक कार्यक्रम ल्याइने बताउनुभयो ।

सोहि कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले अपाङ्ग हरु पहिचान भएपछि तिनको उचित ब्यबस्थापन र प्रेषणको लागि जनप्रतिनिधि र कर्मचारिहरु लागिपर्ने कार्यलाइ निरन्तरता दिदै अपाङ्गहरुको संविधान प्रदत्त अधिकारलाई  सुरक्षित गर्नुपर्ने बताउनुभयो | कार्यक्रम को अध्यक्षता गर्नुभएकि गाउपालिका उपाध्यक्ष मिना भण्डारिले सचेतनामुलक कार्यक्रम ल्याएकोमा सस्थालाइ धन्यबाद दिनुभएको थियो | अपाङ्ग बाल अस्पताल सक्षम परियोजना गुल्मिकी तुल्सी पाण्डेको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको संचालन गुल्मिदरबार गाउपालिका स्वास्थ्य शाखाका प्रमुख स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।

 
 
  
 

You may also like