बुटवलको कोरोना अस्पतालमा थप एकजना कोरोना संक्रमित मृत्यु

by समतल अनलाइन

बुटवल। बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी अनुसार बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

उनी मिर्गौलाका रोगी समेत थिए । उनको बिहीबार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।शुक्रबार बिहान उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

 
 
  
 

You may also like