आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

by समतल अनलाइन

काठमाडौँ । साविक विजेता मुम्बई इन्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोडे । यस्तै कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाए । इयान मोर्गन १६ रनमा आउट हुँदा आन्द्रे रसेल ११ रनमा पेभेलियन फर्किए । मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, राहुल र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।

किरोन पोलार्डले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६४ बलमा ६ छक्का र ३ चौका प्रहार गरे ।

उनले आईपीएलमा २०० सय छक्काको कोशेढुंगा समेत पुरा गरे । यस्तै सूर्यकुमार यादबले ४७ रन जोड्दा सौरभ तिवारीले २१ रन बनाए । हार्दिक पाण्डयले १८ रन जोडे । कोलकत्ताका शिवम माभीले २ विकेट लिए ।

सुनिल नारिने र आन्द्रे रसेलले १/१ विकेट लिए । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा मुम्बई चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित भएको थियो । कोलकत्ताले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रतियोगिता अन्तर्गत आज किंग्स इलेभेन पञ्जाव र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुनेछ ।

 
 
  
 

You may also like