‘काेराेना महामारीमा पनि प्रदेश ५ सरकारले नमुना कामकाे नेतृत्व गरेकाे छ ’-मुख्यमन्त्री पोखरेल 

by समतल अनलाइन

बुटवल । प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले चालेका कदमप्रति नागरिकको सार्थक सहयोगबाट मात्रै काेराेना माहामारीलाई जित्न सकिने बताएका छन् ।उनले काेराेनाका कारण केही महिनादेखि दैनिकी खल्बलिएको भन्दै लामो लकडाउन र निषेधाज्ञा गर्न नहुने बताए । उनले स्वास्थ्य सुरक्षा सर्तकता र मापदण्ड पालना गरी समाजका विभिन्न क्षेत्र खुलाएर अघि बढ्नुपर्ने बताए ।

लकडाउन र निधेषाज्ञा नभई खुला हुँदै जानुको अर्थ कोभिड-१९ नियन्त्रण भएको भनेर नबुझ्न उनकाे आग्रह छ । संविधान दिवसकाे अवसरमा प्रदेश न ५ सरकारद्वारा बुटवलमा आयाेजित मूल समाराेह -२०७७लाइ सम्बाेधन गर्दै मुख्यमन्त्री पोखरेलले दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक रहेकाे बताए ।

कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेकाे र यसमा स्थानीय सरकारकाे भूमिका प्रशंसनिय भएकाे बताए । उनले कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्षका चाडपर्व, उत्सव र दिवसलाई भव्य रुपमा मनाउने तर्क गरे ।पाेखरेलले देशका तीन सरकार मध्ये सबैभन्दा कम प्रशासनिक खर्च हुने सरकार भनेकै प्रदेश सरकार रहेकाे दाबि गरे । प्रदेश ५ सरकारले अन्यकाे तुलनामा नमुना काम गरिरहेकाे समेत उनले दाबि गरे ।‘सबैभन्दा धेरै बित्त हस्तान्तरण,धेरै पूजिगत खर्च गर्न सक्ने हामी नै हौं तर जनताको अपेक्षा र आशाकाे तुलनामा कमी नै छ तर तिब्रता दिनेछौं ’ उनले भने ।

चालु आवमा प्रदेश ५ सरकारले १५० किलोमिटर सडक कालोपत्रै गरेर बिकासकाे गतीलाइ तिब्रता दिएकाे समेत उनले बताए । साे अवसरमा प्रदेश सरकारले बिभिन्न ब्याक्तित्व र संघ संस्थालाइ सम्मान र पदक प्रदान गर्ने घाेषणा गरेकाे छ । सरकारकाे सम्मान र पदक प्रदेश स्थापना दिवसका दिन फागुन ३ गते प्रदान गरिने छ ।

 
 
  
 

You may also like