बुटवलमा २४ सहित रुपन्देहीमा ४० जना कोरोना संक्रमण थपिए

by समतल अनलाइन

बुटवल।रुपन्देहीमा बुधबार थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार कोरोना संक्रमितको संख्या १ हजार ८ सय ६१ पुगेको छ।
जसमा पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ सहित ४० जना संक्रमित थपिएका छन्। जसअनुसार सैनामैना नगरपालिकाका ६ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकाका ४ जना र सियारी गाँउपालिकाका १ जना गरी ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

रुपन्देहीमा १ हजार १ सय जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ। रुपन्देहीमा बुधबारसम्ममा ७ सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

 
 
  
 

You may also like