असोज १ गतेदेखि होटल-रेष्टुरेण्ड खोल्न दिने सरकारको निर्णय

by समतल अनलाइन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी असोज १ गतेबाट होटल तथा ट्रेकिङ व्यवसाय सूचारु हुने भएका छन्।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले होटल तथा रेष्टुरेण्ड खोल्न दिने निर्णय गरेको हो।

अहिलेसम्म सरकारले ‘टेक अ वे’ सेवा मात्र लिन पाउने व्यवस्था गरेको थियो।मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालले असोज १ गतेदेखि होटल तथा ट्रेकिङ व्यवसाय सूचारु गर्न दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

होटल तथा ट्रेकिङ व्यवसायहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरे/नगरेको अनुगमन संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने जनाइएको छ ।

 
 
  
 

You may also like