पाटन अस्पतालमा विहानै एक कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

ललितपुर। ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ ।काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।

उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । उनमा कोरोना संक्रमण बाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।

 
 
  
 

You may also like