108
बुटवल । रुपन्देहीमा मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपद्येहीले दिएको जानकारी अनुसार १५ पुरुष र ४ महिलामा कारोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा बुटवल उपमहानगर र रोहिणी गाँउपालिकाका ५।५ जना, तिलोत्तमा नगरपालिकामा ४ जना तथा सिद्धार्थनगरमा ३ तथा ओमसहितया र सैनामैनामा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।
रुपन्देहीमा आज थपिएसँगै संक्रमितको संख्या १३४८ पुगेको छ भने १४ जनाको मृत्यु भएको छ ।