देश विकासमा युवा खै ?

by समतल अनलाइन
  • सुशील सुवेदी

कुनै पनि देशको आर्थिक राजनैतिक र सामाजिक परिवर्तन संवाहक भनेको युवा शक्ति हो । १६ देखि ४० बर्षसम्मको उमेरसमुहलाइ युवा अवस्था मानिन्छ । नेपालको जनसंख्या १६ देखि ४० बर्ष को उमेर समुहलाइ हेर्दा यी कुल जनसंख्याको ४०.३५% हुन आउँछ । युवा राज्यको शक्ति हो ।

नेपालमा युवा शक्ति को सङ्ख्यात्मक तथ्याङ्क निकायका लागि वरदान भए पनि यो शक्तिलाइ गुणात्मक रुपमा परिचालन भने गर्न सकिएको छैन । विश्व युवा विकास सुचाङ्कमा नेपाल १४५ औं स्थानमा छ । जुन दक्षिण एसियामा कमजोर अवस्थामा छ । नेपालमा बढ्दो शिक्षित बेरोजगारी नै बौद्धिक पलाएनको प्रमुख कारण बनेको छ । गाई हरियो घाँस जहाँ देख्छ त्यही चर्न जान्छ भनेझै बिश्वब्यापीकरणले खुल्ल गरेको रोजगारिको बिश्व बजारमा जहाँ सम्भावना र सुरक्षित भविस्य देख्छन युवापिडी त्यतै पलायन हुनु स्वभाविक पनि हो । यो कोरोना महामारी हुनु अघि दैनिक पन्ध्र सय को हारहारिमा युवा रोजगारी कै शिलशिलामा बिदेशिने गरेका छन् ।

नेपालमा युवाहरुको मुख्य समस्या भनेको बड्दो बेरोजगारी , बेरोजगारिले निम्त्याएको दुर्व्यसनि लहर, सामाजिक संजाल वा साईवर अपराधमा सम्लग्ङ, राजनैतिक अस्थिरता , देशको नेतृत्व गर्ने नेताहरू प्रतिको अविश्वास , नेतृत्व तहमा युवा सम्लग्न नहुनु कमै युवाले राजनैनिक , सामाजिक अभियानताको भुमिका पाउनु , युवा परिचालन योजना विहिन हुनु ,खेलकुदमा राज्यको लगानि कम , व्यवहारिक शिक्षा र श्रमको सम्मान गर्ने सस्कारको विकास नै नहुनु हो । सरकारले युवाहरुलाइ लक्षित गरि रोजगारका कार्यक्रम नल्याउनुकै कारण आज देशका ४३ लाख युवा विदेशिएका छन् । कयौं दक्ष र शिक्षित युवा विदेशिएका छन किनकि उनीहरुको उचित प्रबन्ध देशले मिलाउन सकेन ।

नेपालको अर्थतन्त्रलाइ भुकम्प , नाकाबन्दी र अहिले माहामारिको रुपमा फैलिएको कोरोना भाइरसले थिलोथिलो बनाएको छ । यस्तो अवस्थामा हतोत्साहि नभइकन युवा पंक्तिलाइ परिचालन गर्ने समय आएको छ । वर्तमान समयलाई नियाल्दा आज विश्व कोरोना भाइरसले ग्रस्त छ विश्वका सबै देशको अर्थतन्त्र भताभुङ्ग भएको छ । सबै देशमा बेरोजगारिको समस्या ले पिल्सिएको छ । यो अवस्थामा देशले निर्माण गर्ने अर्थनीति यहि किसिमको हुनुपर्छ जसले वर्तमान समस्यालाइ हल गर्न सकोस् । कोरोनाले गर्दा हजारौं युवा विदेशी भुमिमा मृत्युको सिकार बन्न पुगेका छन् भने लाखौ युवाले रोजगारि गुमाएका छन् ।

ति लाखौं युवा नेपालमा प्रवेश गर्ने तयारिमा छन्, ती युवा देशमा नै केही गर्ने सोचमा छन तर ती युवाहरुलाई रोजगारिको अवसर, नेपालमा नै लगानि एवम् काम गर्ने वातावरण निर्माण गर्न सक्नुपर्छ । यदि सकिएन भने फेरि पनि ती लाखौ युवा विदेशिनु पर्ने बाध्यता आउनेछ । नेपालमा युवामैत्रि लगानी गर्ने वातावरणको अभाव छ । वर्तमान समयमा कयौं युवाहरु विदेशमा भोकै मर्नुपर्ने स्थितिमा छन् । तर ती युवाहरुप्रती सरकारको कुनै पनि भुमिका नै नभएको जस्तो व्यवहार गरिरहेको छ ।

युवा राज्यको शक्ति हो । हाम्रो देशका युवाहरु अरबमा पसिना बेच्दैछन्, कोही अमेरिका युरोपमा स्थायी रुपमा बसोबासको निम्ति कागजपत्र मिलाउदै छन्, विभिन्न म्यानपावर कम्पनिमा गुइचो छ , कोही भाषा सिकेर विदेश जाने तर्खरमा छन् । केही युवा मात्रै राष्ट्र निमाणमा आफ्नो उर्जाशिल समय लगाइरहेका छन । अहिलेका युवाको मानसिकता मा नै विदेश भन्ने छ । हरेक हरेक युवालाई सोध्नु आगामि सोच के छ भनेर कोहि पनि युवाको मुखबाट राष्ट्र निर्माण कार्य , देश विकाशमा या देशमा मा नै केही गर्छु भन्ने प्रतिउत्तर आउदैन । कम मात्रै युवा छन जो आफ्नो अमुल्य समय देश निर्माण कार्यमा लागेका छन् ।

देशमै केही गर्नु पर्छ भन्ने हो भने पनि आवश्यक मात्रामा त्यो वातावरण देशले निर्माण गर्न सकेको छैन न त देशमा रहेका अवसरहरु युवाले चिन्न नै सकेका छन् । देशमा नै केही गरेका कयौ उदाहरण छन् जुन युवक सफल पनि भएका छन् मैले देखेका केहि सफल युवाको म उदाहरण दिन चाहे । मेरो घर नजिक तारा प्रसाद शर्मा एकजना युवा हुनुहुन्छ , उहाले ३बर्ष अघिदेखि १२ लाखको लागानिमा मौरिपालन व्यवसाय संचालन गर्दै आउनु भएको छ । उहाले अहिले वार्षिक ८ लाख आम्दानी गर्नु हुन्छ । घरगाउमा नै बसेर यस्ता सफल व्यवसायीका हजारौं उदाहरण छन् जसले देशमा केही गर्ने उर्जा दिन्छ ।

देशमा केही गर्ने हो भने सम्भावना त धेरै छन् तर सरकारले बजारको व्यवस्थापन , उपयुक्त लागानि निती , उपयुक्त वातावरण सिर्जना गर्ने सके देशले आर्थिक फट्को मार्न भने पक्कै समय लाग्दैन । लोकतान्त्रिक , सङघिय शासनप्रणालि र विकासमा सार्थक सहभागिताको सम्भावना छ । आज देशमा कृषि क्षेत्रमा ठूलो सम्भावना छ, विश्वमा धेरैजसो जडिबुटी पाइने देश नै नेपाल हो । पर्यटकिय हिसाबले धनी मानिने देशमा पर्यटनका पर्चुर सम्भावना रहेको छ । गुणस्तरीय र व्यवसायिक शिक्षाको विकासले उध्मसिलता र सेवा क्षेत्रको विकास भइ सृजना हुने गुणस्तरीय रोजगारिका अवसर छन् । देशमा सम्भावना का ढोका धेरै छन् जसको हामिले पहिचान गर्न गारो भो । देशमा सम्भावना नै नभएको त हैन । यो देशलाई बदल्ने क्षमता हामी सङ्ग छ । देशमा नै युवालाइ केही गर्नु पर्छ भन्ने हौसला र वातावरण सिर्जना गर्ने हामी लाग्नु पर्दछ । आवश्यक परेको खण्डमा सरकारलाइ खवरदारि पनि गर्नु पर्छ । यो लेख लेख्दै गर्दा मलाइ केही कुराहरु याद आए ! कुनै समय

एक बुढो बुवा ले सोध्नु भयो , “बाबू किन विदेश नगएको ?” म पनि मुस्कुराउदै भनिदिए, “जसको काधमा परिवार को मात्र जिम्मेवारी थियो उनी विदेश पसे बुवा , मेरो काधमा त यो गाउँ समाज अनि देश नै बनाउने जिम्मेवारी छ नि ।”

सामाजिक अभियानता
सुशील सुवेदी

 
 
  
 

You may also like