नयाँदिल्ली । भारतमा कोरोना संक्रमण र मृत्युदर उच्च बन्दै गएको छ । भारतमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख नाघेको छ ।
गएको २४ घण्टामै ८७ हजार ११५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४० लाख २० हजार नाघेको छ ।भारतमा कोरोना भाइरस सङ्क्रमणबाट ६९ हजार ६३५ जनाको ज्यान गइसकेको छ भने ३१ लाख चार हजार भन्दा धेरै निको भएका छन् । अहिले भारतमा आठ लाख ४६ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् ।
एक अर्ब ३८ करोड २३ लाख भन्दा धेरै जनसंख्या रहेको भारतमा अहिलेसम्म चार करोड ६६ लाख ७९ हजार भन्दा धेरैको कोरोना परीक्षण भैसकेको भारतको स्वास्थ्य विभागले जनाएको छ ।
यसैबीच गएको २४ घण्टामा दुई लाख ८८ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुइ करोड ६७ लाख ७१ हजार भन्दा धेरै भएको छ ।आठ लाख ७८ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने एक करोड ८८ लाख ७९ हजार भन्दा बढी निको भएका छन् । विश्वमा अहिले ७० लाख भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । एजेन्सी