135
बुटवल । रुपन्देहीमा शुक्रबार थप ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार नयाँ संक्रमितहरुमा २८ जना महिला र २९ जना पुरुष रहेका छन् ।
बुटवल उपमहानगरपालिकामा मात्रै आज १३ महिला र १७ पुरुष गरी ३० जना संक्रमित थपिएका छन् । यस्तै सिद्धार्थनगर नगरपालिकामा १५ जना, , तिलोत्तमा नगरपालिकामा ५ जना, रोहिणी गाउँपालिकामा ४ जना, सैनामैना नगरपालिका, देवदह नगरपालिका र ओमसतिया गाउँपालिकामा १/१ जना संक्रमित थएिका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्ला कोरोना संक्रमितको १ हजार १९० पुगेको छ । जसमध्ये ४९४ जना निको भएका छन् भने ६८३ जना संक्रमित उपचाररत रहेका छन् । संक्रमितहरु मध्ये १३ जनाको मृत्यु भएको छ ।