सोह्र श्राद्ध वैकल्पिक विधिबाट गर्न सैनामैना नगरपालिकाको आग्रह

by समतल अनलाइन

सैनामैना । समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले सोह्र श्राद्ध अर्थात् पितृपूजन वैकल्पिक विधिबाट गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोह्र श्राद्ध वैकल्पिक विधि ( भर्चुअल अनलाइन) माध्यमबाट गर्न र गराउन नगरपालिकाले नगरवासीमा आग्रह गरेको हो ।

मंगलबार सैनामैनाको मुर्गियामा नगरमा रहेका पण्डितहरुसँग गरिएको छलफलले यस वर्ष यजमानको घर–घरमा गएर श्रोह्रश्राद्ध नर्गेने निर्णय भएकोे सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरिकाले अनलाईन,फोन वा अन्य विधि अपनाएर परिवारका सदस्यहरुका बिचमा मात्र सोह्र श्राद्ध गर्न आग्रह गर्नुभयो ।

सोह्र श्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।

भोलीबाट शुरु हुन लागेको सोह्र श्रादमा घर घरमा पण्डित बोलाएर पितृ पक्षलाई तर्पण दिने चलन छ ।

 
 
  
 

You may also like