रुपन्देहीमा काेराेना संक्रमितको मलामीसहित १५ जनामा कोरोना पुष्टि

by समतल अनलाइन

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरवामा कोरोना कारण मृत्यु भएका एक जना संक्रमितको मलामी गएकामध्ये १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रोहिणी गाउँपालिकाले दिएको जानकारी अनुसार उनीहरु एकै घरको रहेको पाइएको छ ।

भारतको नौतनवामा उपचारको क्रममा मृत्यु भएपछि कोरोना पुष्टि भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना पोजिटिभ देखिएको थियो । उनको मलामी गएकाहरुमध्ये ७३ जनाको परिक्षण गर्दा एकै घरका १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अध्यक्ष रामनेवास चौधरीका अनुसार १५ जना परिवार सदस्यमा कोरोना देखिएपछि चैनपुरवा सिल गरिएको छ । उनका अनुसार ८ पुरुष र ७ महिलामा संक्रमण देखिएको हो ।

 
 
  
 

You may also like