रुपन्देहीमा २० गतेसम्म लम्ब्याइयो लकडाउन

by समतल अनलाइन

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार सकिने लकडाउनको अवधी बढाएको छ । भदौ पहिलो साता देखि रुपन्देहीमा जारी गरिएको लकडाउनको भदौ २० गते सम्मका लागी बढाईएको हो । रुपन्देहीका सबै स्थानीय तहहरुमा लागु हुने गरी लकडाउन थपिएको हो ।

केहीबेर अघि सम्पन्न जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र (सिमसिसि)को बैठकले लकडाउन थप गर्ने निर्णय गरेको हो ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता सम्पन्न बैठकमा, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिकाका तिलोत्तमा नगरपालिका देवदह नगर पालिका र सैनामैना नगरपालिका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरेको हो ।

लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनैपनि सवारी साधन सन्चालन, पसल खोल्न तथा हिडडुल गर्न निषेध गरिएको छ । यसपटकको लकडाउन भने पहिले भन्दा थप कडाई हुने जनाइएको छ ।

 
 
  
 

You may also like