फेरि बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको !

by समतल अनलाइन

काठमाडौं । साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९६ हजार ९ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार २ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, शुक्रबार ९७ हजार १ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज पनि चाँदी १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 
 
  
 

You may also like